माडी नगर क्षेत्रमा डेङ्गु रोग बिरुद्धको सर्च एण्ड डिस्ट्रोए अपरेशन जारी

295
SwadeshPost

डेङ्गु रोगको प्रकोप फैलिरहँदा माडी नगर क्षेत्रमा डेङ्गु रोग बिरुद्धको ‘सर्च एण्ड डिस्ट्रोए अपरेशन’ जारी रहेको छ । अभियानका क्रममा आज (शनिवार) माडी नगरपालिका वडा नं. १, २ र ४ मा लामखुट्टेको लार्भा खोजी र नष्ट गर्ने अभियानसंगै डेङ्गु रोगबारे छुट्टाछुट्टै चेतनामूलक कार्यक्रम गरिएको छ ।

अभियानका क्रममा लामखुट्टेको लार्भा खोजी र नष्ट गर्ने अभियानसंगै डेङ्गु रोगबारे चेतनामूलक कार्यक्रम र पम्पप्लेट वितरण तथा सरसफाई समेत गर्ने कार्यक्रम रहेको छ । अभियानमा उप-प्रमुख ताराकुमारी काजी महतोसंगै सम्बन्धित वडाध्यक्षहरु र स्थानीय गैर सरकारी संघ संस्था, विद्यालय, शिक्षक, विद्यार्थी, स्वास्थ्य संघसंस्था, स्वास्थ्यकर्मी, टोलसुधार समितिका पदाधीकारीहरु, टोलबासी, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, सञ्चारकर्मी र विद्यार्थीहरुको सहभागिता रहेको थियो । अब, भोली भदौ २९ गते आइतबार वडा नं. ३, ६ र ५ मा अभियान चलाइने माडी नगरपालिकाले जनाएको छ ।

यसैबिच, अघिल्लो दिन सचेतनामूलक कार्यक्रम गरिएको माडी नगरपालिका वडा नं. ७ को गौरीनगर र गोपालनगर क्षेत्रमा सरसफाई गरिएको छ भने प्रगति टोल सुधार समिति कीर्तनपुरले पनि कीर्तनपुर बजार सरसफाई गरेको छ । उता, माडी नगरपालिका वडा नं. ८ र ९ मा आज बिहानबाटै सरसफाई तथा लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान चलाइएको माडी नगरपालिकाका सुचना अधिकृत प्रवीण भण्डारीले जानकारी दिनुभयो ।

SwadeshPost