देबेन्द्रपुर बजार व्यवस्थापन समितिको अध्यक्षमा विनोद सुवेदी

171
SwadeshPost

माडीको उदाउँदो व्यवसायिक केन्द्रका रुपमा चिनिएको देबेन्द्रपुर बजारमा बजार व्यवस्थापन समितिको अध्यक्षमा विनोद सुवेदी चुनिनुभएको छ ।

शनिवार साँझपख सम्पन्न बजारबासीहरुको बैठकले देबेन्द्रपुर बजार व्यवस्थापन समिति पुनर्गठन गरेको हो । ९ सदस्यीय सो समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः ईश्वर न्यौपाने, नबिन अधिकारी, शिव प्रसाद आचार्य र गायत्री अधिकारी रहनुभएको छ । त्यसैगरी समितिका सदस्यहरुमा बिष्णु प्रसाद काफ्ले, दामोदर पोखरेल, दीप बहादुर आलेमगर र शिवराज आचार्य रहनुभएको छ । अन्य ४४ जना बजारबासीहरु बजार परिषद्का सदस्य रहेका छन् ।

वडा नं. ७ का जनप्रतिनिधी रामबहादुर आचार्यको अध्यक्षतामा सम्पन्न बजार समितिको बैठकले साविक नीलकण्ठ काफ्लेले अध्यक्षता गर्नुभएको समिति बिघटन गरी नयाँ कार्यसमिति चयन गरेको हो । बैठकले पूर्व अध्यक्ष काफ्लेकै संयोजकत्वमा ६ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ, जसको सदस्यहरुमा राम बहादुर आचार्य, काशिदत्त पोखरेल, यम कुमार काफ्ले, कुल प्रसाद अधिकारी र चन्द्र प्रसाद सुवेदी रहनुभएको छ । बजार समितिले बजारको विकास, बिस्तार र व्यवस्थापनमा सहजिकण र समन्वय गर्ने जिम्मेवारी पाएको हुन्छ ।

SwadeshPost