काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तरगत पूर्वनिर्धारित वडा भेला स्थगित

173
SwadeshPost

नेपाली काँग्रेसको हिमाल पहाड तराई मधेश राष्ट्रिय जागरण अभियान अन्तरगत आज मंगलबारका लागि पूर्वनिर्धारित संयुक्त वडा भेला स्थगित भएको छ ।

माडी नगरपालिका वडा नं. ३, ४, ५ र ६ को संयुक्त वडा भेला आज बसन्तपुरमा हुने कार्यतालिका रहेकोमा अर्को सु्चना जारी नहुँदासम्म स्थगन गरिएको काँग्रेस माडीका सभापति कोमलनाथ भुसालले जनाउनुभयो । मध्यनेपालका अधिकांश ठाउँहरुसंगै माडी उपत्यकामा अबिरल बर्षाका भइरहँदा माडीको यातायात सेवा अवरुद्ध भएकाले कार्यक्रम रोकिएको उहाँले जानकारी दिनुभयो ।

SwadeshPost