अयोध्यापुरी मध्यवर्ती बचत तथा ऋण सहकारीद्वारा नयाँ विनियम अंगिकार

30
SwadeshPost

अयोध्यापुरी मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लि., खरकट्टाले समयाकूल परिमार्जन सहितको नयाँ विनियम अंगिकार गरेको छ ।

सहकारीले विनियम पुनर्लेखत तथा नीति निर्माण सम्बन्धी तीनदिने कार्यक्रम सञ्चालन गरी मानव शंसाधन र ऋण नीतिमा शंसोधन सहित नयाँ विनियम स्वीकृत गरेको हो । सहकाकारीको सञ्चालक र सल्लाहकार समिति तथा ऋण, शिक्षा र अज्य उपसमितिहरुसंगै अगुवा सेयर सदस्यहरु सहभागि रहेको कार्यक्रमबाट नयाँ विनियम अंगिकार गरिएको सहकारीकी व्यवस्थापक रुक्मिणी भुसालले स्वदेशलाई जनाउनुभयो ।

कार्यक्रमका सहभागीहरुलाई सहकारी प्रशिक्षक ईन्द्रराज ज्योति पौडेलले सहकारीका नयाँ नीति तथा पछिल्ला ऐनकानुनहरुबारे प्रशिक्षण गर्नुभएको थियो भने नयाँ विनियम तयारीका लागि चितवन राष्ट्रिय निकुञ्जको सहकारी विभागकी हिमादेवी भुसालले सहजिकरण गर्नुभएको थियो । सहकारीका अध्यक्ष मथुरा बहादुर भण्डारीको अध्यक्षतामा सञ्चालित सो कार्यक्रमले आउँदो असोज १७ गते सहकारीको साधारणसभा गर्ने समेत निर्णय गरेको जनाइएको छ ।

Mahindra