माडीको आधारभूत विद्यालय रतनी धोबाहाबाट २ थान कम्प्युटर चोरी

100
SwadeshPost

माडीको आधारभूत विद्यालय रतनी धोबाहाबाट कम्प्युटर चोरी भएको छ । माडी नगरपालिका वडा नं. ३, रतनीस्थित सो विद्यालयबाट २ थान कम्प्युटर, एकवटा व्याट्री र नगद रु १ हजार ४०० चोरी भएको हो । घटनाको अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

माडीमा करीब २ देखि ३ महिनाको अन्तरालमा सार्वजनिक संघसंस्था, कार्यालय र सार्वजनिक विद्यालयहरुबाट कम्प्युटर, प्रिन्टर, सोलार सेट लगायतका विद्युतीय सामग्रीहरु चोरी हुँदै आएको देखिन्छ । तर प्रहरीले एकाध घटनामा बाहेक चोर पत्ता लगाई कारवाही गर्न भने सकेको छैन ।

यसैबिच, ईलाका प्रहरी कार्यालय माडीले रतनी माडीको गाउँमै मचानमाथि जुवातास खेल्दै गरेका चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने सबैजना माडी नगरपालिका वडा नं. ३ रतनी गाउँबासी नै रहेको ईलाका प्रहरी कार्यालयका प्रमुख हर्क बहादुर बि.क.ले जानकारी दिनुभयो ।

SwadeshPost