माडीका युवा विद्यार्थीहरु डेङ्गु नियन्त्रणको सचेतना अभियानमा

155
SwadeshPost

डेङ्गु रोगको प्रकोप नियन्त्रणका लागि सचेतनामूलक अभियानमा माडीका युवा विद्यार्थीहरु जुटेका छन् । माडीको विद्याज्योति अंग्रेजी विद्यालय र जनकल्याण माध्यमिक विद्यालयका युवा विद्यार्थीहरुले विद्यालय तथा समुदायस्तरमा डेङ्गु रोगबारे सचेतना प्रवाह कार्यक्रम सञ्चालन गरेका हुन् ।

डेङ्गुले महामारीको रुप लिइरहँदा आज विद्याज्योति अंग्रेजी विद्यालयका विद्यार्थीहरुले युवा रेडक्रस सर्कल समेतको सहभागितामा बरुवा बजारमा सचेतनामूलक -याली प्रदर्शन गरेका छन् । त्यस्तै, जनकल्याण माध्यमिक विद्यालयमा बहुउद्देश्यीय श्रोत केन्द्रको सहयोगमा विद्यार्थीहरुले नाटक सहितको सचेतनामूलक कार्यक्रम गरेका हुन् ।

चितवनका अस्पतालहरुमा साउन महिनायता उपचार गर्न आएका दुई हजार ४६ जनामा डेङ्गुको संक्रमण देखिएको छ । छ हजार ६३९ जनाको नमूना परीक्षण गरिएकामा सो संख्यामा संक्रमण देखिएको हो । चितवनका सबैजसो अस्पतालहरु डेङ्गु ज्वरोका बिरामीले भरिएका छन् । माडीको बघौंडा अस्पतालमा समेत यसका रोगीहरु उपचारका लागि आउने क्रम उच्च रहेको छ ।

SwadeshPost