नमुना छात्रबासका बालबालिकालाई शुभ अवसरमा खाना खुवाउने क्रम बढ्यो

105
SwadeshPost

माडीको लक्ष्मीनिवासस्थित नमुना छात्रबासमा संरक्षित अनाथ तथा बिपन्न बालबालिकालाई शुभ अवसरहरूमा खाना खुवाउने क्रम बढेको छ ।

छात्रबासमार्फत आवासीय रुपमा निःशुल्क पढ्दै आएका करीब ४० जना अनाथ तथा बिपन्न एवं चेपाङ समुदायका बालबालिकाहरुलाई सहयोग पुग्नेगरी आज माडी नगरपालिका वडा नं ४, सिधुवा निवासी राकेश चौधरीले खाना खुवाउनु भएको हो । उहाँले आफ्नो जन्मदिनको अवसर पारी, जन्मदिन मनाउन लाग्ने खर्चलाई बालबालिकाहरुको खानामा खर्च गरी बालबालिकाहरुसंगै जन्मदिन मनाउनुभएको यस अभियानका सुरुवाती अभियन्ता श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो ।

सहयोगी समाज नेपालको सहयोग र समन्वयमा सञ्चालित सो छात्रबासमा रहेका बालबालिकाहरुलाई खानपिन र शिक्षादीक्षाका लागि यसअघि बैदेशिक सहयोगीको मात्र भर पर्नु परेकोमा हाल माडी नगरपालिका र सहयोगी संघसंस्था तथा व्यक्तिहरुको समेत सहयोग जुट्न थालेको हो ।

SwadeshPost