चितई नदीको किनार हिलाम्य पैदल यात्रीसंगै दुईपाङ्ग्रे सवारी प्रभावित

108
SwadeshPost

नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत बरुवा बजारको चितई नदी किनार हिलाम्य भएको छ । खोला किनार हिलाम्य हुँदा पैदल यात्रीहरुसंगै साइकल, मोटरसाइकल र अटो चालकहरु प्रभावित भइरहेका छन् ।

करीब दुई बर्षअघि चितई खोलाको बाढीले त्यहाँको पुलमा क्षती पु-याएसंगै पुल भत्काएर त्यसैबाट अस्थायी कजवे निर्माण गरिएको छ । कजवेमाथि बगिरहेको पानी पार गरी सवारी साधनहरु आवतजावत गर्नुपर्ने भएकाले नदीकिनार हिलाम्य भएको हो । हिलाम्य सडक खण्डमा केहि ट्रिप गिट्टी बालुवा हालिदिए तत्कालै समस्या निदान हुनसक्ने भएपनि त्यस कार्यमा सम्बन्धित निकायको ध्यान पुगेको छैन ।

यसैबिच, बनकट्टादेखि बगहीँसम्मको सडक खण्डमा रहेको खोला खहरेहरुमा पानीको सतह बढ्दा सबैजसो खोलाछेउ बाटो बिग्रिएको छ । बाटो बिग्रँदा दुईपाङ्ग्रे, तीनपाङ्ग्रे र पैदलयात्रुहरु प्रभावित भइरहेका हुन् ।

SwadeshPost