स्याउलीबासमा दशैं विशेष कार्यक्रम र दूर्गा मन्दिरको उद्घाटन आयोजित

89
SwadeshPost

आगामी घटस्थापनाको दिन माडीको स्याउलीबासमा दशैं विशेष कार्यक्रम सहित हालै निर्माण सकिएको दूर्गा भवानी मन्दिरको उद्घाटन हुनेभएको छ ।

नवदूर्गा भवानी मन्दिर व्यवस्थापन समितिको आयोजनामा आउँदो असोज १२ गते बिहान ११ बजेदेखि अन्तरमाडी दूर्गा भजन प्रतियोगिता एवं खुल्ला नृत्य प्रतियोगिता सहित मन्दिरको उद्घाटन हुन लागेको समितिका अध्यक्ष सागर गोतामेले जानकारी दिनुभयो । मन्दिर परिसरमा दशैंभर विशेष अनुष्ठानका साथ पूजाआजा पनि गरिने उहाँले जनाउनुभयो ।

माडी नगरपालिका वडा नं. ६, स्याउलीबासका युवाहरुले देउसी भैलोमार्फत संकलन गरेको रकमबाट निर्माण थालिएको सो मन्दिर माडी नगरपालिका एवं स्वदेश तथा प्रवासमा रहेका दाताहरुसंगै मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोतामेको परिवार सदस्यहरुको सहयोगमा करीब १० लाखको लागतमा निर्माण सकिएको हो । दशैं पर्वको सन्दर्भ पारी आयोजित सो कार्यक्रम अन्तरगत भजन प्रतियोगिताको पुरस्कार प्रथम, दोश्रो र तेश्रो हुने समूहलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रहेको छ भने खुल्ला नृत्यतर्फ प्रथम र दोश्रो पुरस्कार क्रमशः रु ३ हजार र २ हजार रहेको छ । कार्यक्रमको आधिकारिक मिडिया स्वदेश एफ.एम. रहेको छ ।

SwadeshPost