द्रौपतिनगर खानेपानी परियोजनामा भद्रगोल, कर्मचारीले तलब पाएनन्

65
SwadeshPost

पश्चिमी माडीको द्रौपतिनगरस्थित खानेपानी आयोजनाको व्यवस्थापन समितिले राम्ररी जिम्मेवारी पुरा नगर्दा भद्रगोल अवस्था सिर्जना भएको छ ।

गत २०७३ सालमा निर्माण सुरुवात भई २०७४ सालमा खानेपानी वितरण सुरुवात भएपश्चात उपभोक्ता समिति र खानेपानी डिभिजन कार्यालय भरतपुरले परियोजनालाई वास्ता गर्न छाडेसंगै समग्र परियोजना नै भदगोल अवस्थामा पुगेको हो । पाण्डवनगर द्रौपतिनगर खानेपानी तथा सरसफाई परियोजना उपभोक्ता समिति र डिभिजन कार्यालयको सुस्तताले त्यहाँ परियोजनामा खटिएका कर्मचारीले करीब ८ महिनादेखि तलब भत्ता पाउन सकेका छैनन् । त्यसैगरी परियोजनामा बिजुली जडान नहुँदा घाम नलागेको दिनमा खानेपानी वितरण नै हुन छाडेको छ भने खानेपानीको पाइप राम्ररी नबिछ्याउँदा निरन्तर टुटफुट र क्षती हुनेगरेको छ ।

खानेपानीको पाइपलाई मरोट खोला पार गराउँदा दुई मिटर गहिराईमा गाड्नुपर्नेमा एक फिट भन्दा पनि कम गहिराईमा गाड्नाले पाइपलाईनलाई बाढीले क्षती पु¥याएको हो । त्यसैगरी हालसम्म सार्वजनिक सुनुवाई नहुनु, परियोजनाको योजना सार्वजनिक सुचना बोर्ड नराखिनु, खानेपानी पुग्नुपर्ने बनकट्टा गाउँमा पाइपलाइन मात्र पनि नपुग्नु र कुनैपनि उपभोक्ताको धारामा मिटर जडान नहुनु जस्ता समस्याहरु रहेको स्थानीय युवाहरुको भनाई छ । सो बिषयमा सरोकारवाला निकायसंगै स्थानीय सरकारको तत्कालै ध्यानाकर्षण भई व्यवस्थित रुपमा खानेपानी वितरण हुनुपर्ने उनीहरुको भनाई छ ।

Mahindra