माडीको कीर्तनपुरमा अन्तर माडी दशैं कप भलिबल प्रतियोगिता हुने

292
SwadeshPost

माडीको कीर्तनपुरमा अन्तर माडी भलिबल प्रतियोगिता हुने भएको छ । कीर्तनपुर र कल्याणपुर बजारका युवाहरुले हालै स्थापना गरेको के.के. स्पोर्टस् क्लब र कीर्तनपुर बजार व्यवस्थापन समितिको आयोजनामा दशैं पर्वको अवसर पारी अन्तर माडी भलिबल प्रतियोसगता आयोजना गरेको हो ।

माडीभरका करीब १२ वटा टोलीको सहभागिता रहेको अपेक्षा गरिएको सो प्रतियोगिताको प्रथम र दोश्रो पुरस्कार क्रमशः १५ हजार र ८ हजारका साथ ट्रफी र मेडल रहेको खेल संयोजक विकास घिमिरेले जानकारी दिनुभयो । प्रतियोगिता अन्तरगतका खेलहरु आउँदो असोज १७ र १८ गते कीर्तनपुर बजारस्थित खेलमैदानमा सञ्चालन हुनेछन् । खेलमा सहभागिताका लागि आयोजकले सबैमा अनुरोध गरेको छ ।

SwadeshPost