चितवन लीग फुटबलमा माडी ११ अंक ८ सहित शीर्ष स्थान हासिल

260
SwadeshPost

चितवन जिल्ला लीग फुटबलमा माडी ११ ले सर्बाधिक ८ अंकसहित शीर्ष स्थान हासिल गरेको छ ।

प्रतियोगिता अन्तरगत आज शुक्रबार साँझ सम्पन्न खेलमा माडी ११ ले बी.एफ.सी. भरतपुरलाई २-० ले पराजित गरी लीगको शीर्षस्थानमा उक्लेको हो । माडी ११ का लागि राजीव रानामगर र सुरज लामिछानेले १-१ गोल गर्नुभएको हो । यसअघि बिहीबार माडी ११ ले सौराहा युवा क्लबलाई १–० ले पराजित गरेको थियो । सुरुवाती खेल सौराहामा भएको सो प्रतियोगिता हाल सारदानगरमा सञ्चालन भइरहेको छ ।

SwadeshPost