निकुञ्ज छेउ बस्ने गाउँलेहरु सोलार फेन्सको मर्मत र सरसफाईमा जुटे

337
SwadeshPost

जंगली जनावरहरुबाट ज्यान जोगाउनै गाह्रो भएको भन्दै निकुञ्ज छेउ बसोबास गरिरहेका गाउँलेहरु आफै सोलार फेन्स मर्मत र सरसफाईमा जुटेका छन् ।

हरेक दिन साँझ परेलगत्तै जंगली हात्ती, गैंडा, बँदेल र अन्य जनावरहरु बस्तीमा प्रवेश गरी बालीनाली विनाश गर्ने र जनधनकै क्षती गर्ने क्रम बढेको भन्दै गाउँलेहरु त्यसको नियन्त्रणको आफूसक्दो प्रयासस्वरुप सोलार फेन्स वरपर सरसफाई र त्यसको पोल तथा तार मर्मत गर्न जुटेका हुन । मुख्यतः धान पाक्ने र गहुँबाली हुर्कने समयमा जंगली हात्ती, गैंडा र बँदेल लगायतका जनावरहरु बस्तीमा प्रवेश गरी जनधनको क्षती गर्ने क्रम बढ्ने गरेको छ ।

सोलार फेन्स मर्मत गरी त्यस वरपर सरसफाई गर्दा फेन्सको तारमा करेन्ट प्रवाह हुने र त्यसमा छोइँदा जनावरहरु तर्सेर भाग्ने गर्दछन् । तर पछिल्ला दिनहरुमा जंगली हात्तीले फेन्स भत्काईदिने गरेको छ भने बँदेलहरु फेन्सको तल्लो भागमा खनेर सहजै छिर्ने गरेको माडी धोबाहाका बासिन्दा जितेन्द्र मर्दनीया बताउनुहुन्छ । सोलार फेन्स पार गरी दिउँसै बस्ती नजिक गैंडा र बँदेलहरु लुकिबस्ने गरेको र साँझपख खेत र बस्तीमा छिर्ने गरेको उहाँको भनाई छ ।

SwadeshPost