दशैंको अवसर पारी पूर्वी माडीको ग्रिनल्याण्ड युवा क्लबले खेलकूद प्रतियोगिता सहित साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।
विज्ञापन १
आउँदो असोज २० गते नवमीको दिन कृष्णनगर माध्यमिक विद्यालयको प्राङ्गणमा बिहान १० बजेदेखि अन्तर माडी भलिबल प्रतियोगिता सञ्चालन गरिने कार्यतालिका रहेको छ । त्यसैगरी सोही दिन साँझ ६ बजेदेखि दशैं विशेष खुल्ला साँस्कृतिक कार्यक्रम सञ्चालन गरिने क्लबले जनाएको छ । भलिबल प्रतियोगितामा सहभागिताका लागि असोज २० गते विहान ८ बजेभित्र टीम दर्ता गरिसक्नुपर्ने क्लबका अध्यक्ष सागर भण्डारीले जानकारी दिनुभयो ।
विज्ञापन २
साँस्कृतिक कार्यक्रममा स्थानीय तथा जिल्लास्तरीय कलाकारहरुको प्रस्तुती रहने जनाइएको छ । कार्यक्रमको आधिकारिक मिडिया स्वदेश एफ.एम. रहेको छ ।
विज्ञापन ३