माडीका बंगुरपालक कृषकहरुको अध्यक्षमा केशव रानाभाट

139
SwadeshPost

माडीका बंगुरपालक कृषकहरुको भेलाले केशव रानाभाटको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

९ सदस्यीय सो कार्यसमितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः मनोज महतो, गणेश मकाजु र लालबहादुर थापामगर रहनुभएको छ । माडी नगरपालिकाको पशुपंक्षी शाखामा सम्पन्न बंगुरपालक कृषकहरुको भेलाले यसअघि रानाभाटकै नेतृत्वमा रहेको पुरानो कार्यसमिति भंग गरी नयाँ कार्यसमिति चयन गरेको हो । भेलामा माडीभरीका करीब ३५ जना बंगुरपालक कृषकहरु सहभागी रहेका थिए ।

यसैबिच, बंगुरपालक कृषकहरुले बंगुरको तयारी मासुको मुल्य बढाएका छन् । यसअघि प्रति किलो रु ३५० मा बिक्री हुनेगरेकोमा प्रतिकिलो रु ५० मुल्य बढाई ४०० पु-याइएको छ । बंगुरको दाना र चोकरमा भारी मुल्यबृद्धि भएकाले मासुको मुल्य बढाइएको पुनर्गठित समितिका अध्यक्ष केशव रानाभाटले जनाउनुभयो ।

SwadeshPost