अयोध्यापुरी साकोसद्वारा ४ लाख ४४ हजार रुपैंया खुद मुनाफा

150
SwadeshPost

माडीको खरकट्टास्थित अयोध्यापुरी मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक बर्ष २०७५/७६मा ४ लाख ४४ हजार रुपैंया खुद मुनाफा गरेको छ । सहकारीको तेह्रौं बार्षिक साधारणसभामा प्रस्तुत भई पारित भएको वासलातमा सो जानकारी दिइएको हो ।

सहकारीका अध्यक्ष मथुरा बहादुर भण्डारीको अध्यक्षतमा खरकट्टास्थित जनजीवन माध्यमिक विद्यालयको प्राङ्गणमा सहकारीको साधारणसभा कार्यक्रम सञ्चालन भएको थियो । सहकारीका सेयर सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको सो कार्यक्रममा माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालको प्रमुख आतिथ्य रहेको थियो भने वडाध्यक्षद्वय शिवहरि सुवेदी र कृष्णराज अधिकारी तथा जनजीवन माध्यमिक विद्यालयका प्रधानाध्यापक शोभाखर गौतम लगायतको आतिथ्य रहेको थियो । साधारणसभालाई सम्बोधन गर्दै नगरप्रमुख ढकालले समृद्धि र विकासका लागि सहकारी अभियानको महत्वूर्ण भूमिका रहने विचार व्यक्त गर्नुभएको थियो ।

Mahindra