राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय समिति सदस्यमा चितवनबाट चारजना युवाहरू चयन

266
SwadeshPost

नेपाल कम्युनिष्ट पार्टीको जनवर्गीय सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय समितिमा चितवनबाट चारजना युवाहरू केन्द्रीय सदस्य चुनिएका छन् ।

संगठनको केन्द्रीय सदस्य चुनिनेहरुमा माडी बसन्तपुरका सन्तोष पनेरु र दिवाकर बालग्राम परिवार सदस्य दिवश पाण्डेसंगै, साजन अधिकारी र प्रताप डल्लाकोटी रहनुभएको छ । पनेरु, पाण्डे र अधिकारी पूर्व माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लीग र डल्लाकोटी पूर्व एमाले निकट युवा संघबाट केन्द्रीय समितिमा चयन हुनुभएको हो ।

साबिकको युवा सङ्घ र वाइसिएल नेपालबाट सहमति र भागबण्डाका आधारमा ३३५ सदस्यीय केन्द्रीय कमिटीमध्ये ३३२ सदस्यलाई पूर्णता दिइएको हो । केन्द्रीय कमिटीको पहिलो बैठक आगामी कात्तिक १८ र १९ गते काठमाडौँमा आयोजना गरिएको छ भने कात्तिक २० र २१ गते सङ्घको राष्ट्रिय भेला आयोजना भएको छ ।

SwadeshPost