पूर्व विद्यार्थीहरूद्वारा ई-लाइब्रेरी र स्वर्ण स्तम्भ निर्माण गर्ने घोषणा

223
SwadeshPost

माडी माध्यामिक विद्यालय भुतपुर्व विद्यार्थी समाजले पञ्चबर्षीय योजनामार्फत विद्यालयमा ई-लाइब्रेरि निर्माण गर्ने, स्वर्ण स्तम्भ बनाउने र छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा गरेको छ ।

विद्यालय प्राङ्गणमा सम्पन्न भूतपूर्व विद्यार्थीहरुको पुनर्मिलन तथा विजयादशमी, शुभ दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रमका सन्दर्भमा समाजका अध्यक्ष चोकलाल (राजन) काफ्लेले सो घोषणा सार्वजनिक गर्नुभएको हो । यसअघि समाजको कार्यसमिति बैठकले छनौट गरी प्राथमिकीकरण गरेका योजनाहरुमध्ये आज सामुहिक छलफल पश्चात सो घोषणा गरिएको हो । सोही कार्यक्रमको अवसर पारी एस.एल.सी.२०५७ ब्याचका विद्यार्थीहरुले विद्यालयलाई एकथान डिजिटल डिस्प्ले बोर्ड हस्तान्तरण समेत गरेका छन् ।

भुतपुर्व विद्यार्थी समाजका अध्यक्ष काफ्लेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथिका रुपमा माडीका नगरप्रमुख समेत रहनुभएका पूर्व विद्यार्थी ठाकुर प्रसाद ढकालले गर्नुभएको थियो । भेलाले पूर्व विद्यार्थीहरुलाई समेट्न एस.एल.सी. ब्याच अनुसारका संयोजक समेत तोकेको छ । यस अनुसार २०४२ सालको ब्याच संयोजकमा समाजका अध्यक्ष काफ्ले स्वयम् रहनुभएको छ भने २०४३ को ब्याच संयोजकमा श्याम कुमार बिष्ट, २०४५ ब्याच संयोजकमा गंगा निरौला र २०४६ संयोजकमा दिल बहादुर गायक तोकिनुभएको छ ।

त्यसैगरी २०४९ ब्याच संयोजकमा राम प्रसाद पौडेल, २०५७ मा शिव प्रसाद पाठक (राजु), २०५९ मा उमराज अर्याल, २०६१ मा भानु न्यौपाने र २०६२ मा सुदीप कार्की संयोजक हुनुभएको छ । २०५६ व्याचको संयोजकमा नारायण पाण्डे र सह संयोजकमा शिव प्रसाद पाठक, २०६६ मा यमलाल घिमिरे, २०६७ संयोजकमा माधव अर्याल सह संयोजकमा विष्णु बहादुर सुवेदी, २०७० मा सरोज अर्याल र २०७१ मा सागर काफ्ले संयोजक रहनुभएको जनाइएको छ ।

SwadeshPost