सोमेश्वरगढी क्षेत्रको विस्तृत जानकारी सहितको प्रोफाइल निर्माण हुँदै

481
SwadeshPost

देशकै १०० पर्यटकीय गन्तव्यस्थलहरुको सुचीमा परेको माडीको सोमेश्वरगढी क्षेत्रको विस्तृत जानकारी सहितको प्रोफाइल निर्माण जारी रहेको छ ।

पर्यटन बर्ष २०२० लाई लक्षित गरी दिवंगत रविन्द्र अधिकारी नेतृत्वको संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले माडीको सोमेश्वरगढीसंगै चितवनका बिस हजारी ताल र पटीहानी पर्यटकीय क्षेत्रलाई समेत सो सुचीमा समावेश गरेको थियो ।

पर्यटकीय गन्तव्यस्थलको सुचीमा समेटिएको सोमेश्वर गढी क्षेत्रमा अग्नीकुण्ड व्यवस्थित गर्ने, ढुंगेधाराहरु निर्माण गर्ने, सुबिधा सम्पन्न सडक निर्माण गरी पार्किङ स्थल बनाउने, गोलपार्क निर्माण गर्ने, पिकनिक स्पट र संग्रहालय निर्माण गर्ने, सोमेश्वर टावर निर्माण गर्ने, भ्यु टावर बनाउने, ढुंगे डुङ्गा रहेको स्थान व्यवस्थित गर्ने लगायतका योजनाहरु अगाडि बढेका छन् ।

स्थानीय तहले खर्च गर्ने जिम्मेवारी सहित सरकारले प्रतिगन्तव्य एक आर्थिक वर्षमा ५० लाख रुपैयाँका दरले बजेट छुट्याउँदै आएको छ । मन्त्रालय र नेपाल पर्यटन बोर्डले करीब ५० करोड रुपैंयाको लगानीमा सूचिकृत सम्पूर्ण स्थानहरुको प्रोफाइल बनाइरहेको हो । पर्यटकीय गन्तव्यस्थलको सुचीमा परेसंगै मन्त्रालयले सो क्षेत्रहरुको पूर्वाधार विकास र प्रवर्धनमा लगानी गर्दै आएको छ ।

SwadeshPost