श्रीमती कुटपिटको अभियोगमा माडीको देबेन्द्रपुरबाट एकजना पक्राउ

105
SwadeshPost

श्रीमतीलाई कुटपिट गरेको अभियोगमा प्रहरीले माडीको देबेन्द्रपुरबाट एकजनालाई पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी पटक पटक श्रीमतीलाई कुटपिट गर्ने गरेका माडी नगरपालिका वडा नं. ७, देबेन्द्रपुर निवासी कृष्ण बहादुर सुनारलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख हर्क विश्वकर्माले जानकारी दिनुभयो । यसअघि पनि श्रीमतीलाई कुटेको आरोपमा पक्राउ पर्नेगरेका उनलाई वडाका अगुवा र जनप्रतिनिधीहरुले थुनाबाट छुटाउँदै आएका थिए ।

त्यसैगरी, घरभित्र कोहि नभएको समय पारी मोबाइल र नगद चोरी गरेको अभियोगमा अर्का एकजना पक्राउ परेका छन् । माडी नगरपालिका वडा नं. ६, बसन्तपुरस्थित रीना महतोको घरमा चोरी गरेको उजुरीका आधारमा स्थानीयबासी बर्ष २० का विश्वास महतो पक्राउ परेका हुन् । पक्राउ परेका महतोले रीनाको घरमा छिरी टेबुलमा रहेको मोबाइल र पलङको घर्रामा रहेको नगद रु ५ हजार चोरी गरेको जनाइएको छ । घटनाको अनुसन्धान जारी रहेको प्रहरी श्रोतले जनाइएको छ ।

SwadeshPost