बघौंडा अस्पतालमा शल्यक्रियायुक्त प्रसुती एवं अन्य शल्यक्रिया सेवा सुरु

634
SwadeshPost

बघौंडा अस्पतालमा शल्यक्रियायुक्त प्रसुती एवं अन्य शल्यक्रिया सेवा सुरुवात भएको छ । नेपाल सरकारका पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष प्रचण्डले अस्पताल परिसरमा आज सिजरियन बर्थ एवं अपरेशन कक्षको उद्घाटन गर्नुभएको हो ।

दिवाकर बाटिकामा शालिक अनावरण तथा दिवाकर स्मृति ग्रन्थको लोकार्पणका लागि माड्री क्षेत्रका सांसद समेत रहनुभएका प्रचण्ड माडी आउनुभएको अवसर पारी अस्पतालमा शल्यक्रिया भवन र सेवा दुबैको उद्घाटन गरिएको हो । गतबर्ष भिडियो एक्सरे सेवा सुरुवात गरेको सो अस्पतालले यसबर्ष शल्यक्रिया सेवा सुरुवात गरेको हो । एन.एस.आई. नामको गैरसरकारी संस्था र माडी नगरपालिकाको सहयोगमा शल्यक्रिया सेवा सञ्चालन भएको हो ।

उद्घाटनका सन्दर्भका अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. आलोक कुमारले नेकपा अध्यक्ष प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै अस्पताललाई तत्कालै ५० शैयाको बनाउन, सुबिधा सम्पन्न भवन निर्माण गर्न तथा नयाँ एम्बुलेन्स र रगतसम्बन्धी सबैखाले परीक्षण गर्न सकिने बायोकेमेस्ट्री फूल एनालाइजर उपलब्ध गराउन माग गर्नुभएको थियो ।

SwadeshPost