माडी नगरपालिकाले स्थापना गरेको क्रसर प्लाण्टमा नियमित उत्पादन थालियाे

153
SwadeshPost

माडी नगरपालिकाले स्थापना गरेको क्रसर प्लाण्टमा नियमित उत्पादन थालिएको छ । माडी नगरपालिका वडा नं ५ र ६ को सिमानामा पर्ने मझुवा क्षेत्रमा क्रसर प्लाण्ट स्थापना गरिएको हो ।

प्लाण्टको इक्विप्मेन्ट (प्रविधीगत) परीक्षण पश्चात हाल दैनिक १०-११ घण्टाका दरले नेचुरल वास गिट्टी, डस्ट, वासिङ बालुवा, २० डाउन गिट्टी र ४० डाउन गिट्टी गरी ५ प्रकारका निमार्णजन्य कच्चा पदार्थहरुको उत्पादन गरिएकाे क्रसर अपरेटर बिष्णु ढकालले जानकारी दिनुभयो ।

माडी नगरपालिकाको कार्यपालिका बैठकले गतबर्ष भदौ ३० गते क्रशर मेसिन प्लाण्ट स्थापना गर्ने निर्णय गरेको थियो । गतवर्ष कै माघ ५ गते शिलान्यास भएको सो प्लाण्ट फाल्गुण मसान्तसम्ममा तयार गर्ने भनिएतापनि
प्राविधिक कारणबस निर्माण अवधी लम्बिन पुगि करीब ८ महिना लागेको थियो ।

नगर क्षेत्रमा निर्माणजन्य परियोजनाहरुका लागि खोलाबाट गिट्टी ढुंगा उठाउँदा संधै चितवन राष्ट्रिय निकुञ्जको अवरोध झेल्दै आउनुपरेको माडी नगरपालिकाले त्यसको निकासमा सघाउने गरी क्रसर मेसिन जडान गरेको हो ।

SwadeshPost