क्षमता भन्दा धेरै यात्रु बोक्ने चारवटा बस माडी प्रहरीकाे कारवाहीमा

214
SwadeshPost

बसमा सिटभन्दा धेरै र छतमा यात्रु बोकी गाडी चलाएको भन्दै माडी प्रहरीले चारवटा बसलाई कारवाही गरेको छ ।

नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत माडीका विभिन्न बजारहरुमा गरिएको छड्के चेकजाँचका क्रममा चारवटा यात्रुबाहक बस कारवाहीमा परेको ईलाका प्रहरी कार्यालय माडीले जानकारी दिएको छ । प्यासेजमा उभ्याएर एवं छतमा राखेर यात्रु बोक्ने गरेको र विद्यार्थीहरुलाई छुट दिन आनाकानी गरेको गुनासो आएका कारण बसहरुमा छड्के चेकजाँच सुरु गरिएको प्रहरी निरीक्षक हर्क विश्वकर्माले जनाउनुभयो ।

यात्रुबाहक बसबाहेक दुईभन्दा धेरैजना चढी तथा कागजात नभई मोटरसाइकल चलाउने केहि चालकहरुलाई समेत कारवाही गरिएको प्रहरीले जनाएको छ । सवारी चेकजाँच बढाएसंगै दुर्घटनाको दर घटेको प्रहरीको दावी छ । तर आम नागरिकहरु भने ट्राफिक नियम मिचेर सवारी चलाउँदा पनि प्रहरीले कारवाही गर्न वेवास्ता गरेको गुनासो व्याप्त नै छ । (प्रतिकात्मक तस्वीर)

SwadeshPost