साइड
नेपालद्वारा आयोजित दशै तिहार अन्तरमाडी नकआउट फुटबल प्रतियोगिता २ दिनपछि
सरेको छ । यसअघि असोज २९ गतेबाट सुरुवात हुने तालिका रहेको सो
प्रतियोगिताको उद्घाटन आउँदो कार्तिक १ गते हुने भएको छ । आज बसेको आयोजक
समितिको बैठकले खेलको सुरुवाती मिति २ दिनपछि सार्ने निर्णय गरेको हो ।
माडी माध्यमिक विद्यालयको संरक्षणमा रहेको बसन्तपुर बजारस्थित खुल्ला चौरमा फुटबल प्रतियोगिता सञ्चालन गरिने साइड नेपाल
प्रवद्धित क्लबका खेल संयोजक रामु क्षेत्रीले जानकारी दिनुभयो । दशैं र
तिहार पर्वको अवसर पारी साइड नेपाल बसन्तपुरले हरेक बर्ष अन्तर माडी फुटबल
प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
प्रतियोगिताको प्रथम र दोश्रो
पुरस्कार नगद क्रमशः रु १ लाख १ हजार १११ र ५१ हजार १११ का साथ शिल्ड मेडल
र प्रमाणपत्र रहेको छ । त्यसैगरी प्रतियोगिताका सर्बा्धिक गोलकता र
अनुशासित टिमसंगै बिधागत उत्कृष्ट अन्तरगत डिफेन्स, मिडफल्डर, स्ट्राइकर,
गोलकिपर र टिम कोचलाई समेत नगदसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको आधिकारिक मिडिया स्वदेश एफ.एम. ९३.२ मेगाहर्ज रहेको छ ।
SwadeshPost > खेलकूद > दशै तिहार अन्तरमाडी नकआउट फुटबल प्रतियोगिता कार्तिक १ गतेबाट हुने
