ब्रह्मपुरीमा सञ्चालित नवदुर्गा पूजाबाट ३९ हजार ७५८ रुपैयाँ आम्दानी

381
SwadeshPost

माडीको दक्षिण ब्रह्मपुरीस्थित सामुदायिक भवन निर्माण समितिद्वारा दशैंको अवसरमा सञ्चालित नवदुर्गा पूजा अर्चना कार्यक्रमबाट ३९ हजार ७५८ रुपैयाँ आम्दानी भएको छ ।

समितिले सार्वजनिक गरेको आयव्यय विवरण अनुसार आम्दानीतर्फ दान पेटीबाट रु. ५ हजार ८६, स्वदेश तथा विदेशबाट प्राप्त सहयोग रकम रु ३८ हजार १७२ र सामुदायिक भवनको लागि आवश्यक सामाग्रीहरु ईंटा, रङ्गरोगन, बत्ती, सजधजको रकम सहित कुल ५५ हजार ४५८ रुपैयाँ आम्दानी रहेको छ । त्यसैगरी खर्चतर्फ दुर्गा मुर्ती निमार्णको लागि रु ७ हजार सहित अन्य विविध खर्च गरी कुल १५ हजार ७०० व्यय भएको समितिले जनाएको हो ।

संकलित रकम सामुदायिक भवन निर्माणको बाँकी कामहरुमा खर्च गरिने समितिले जनाएको छ । स्थानीय युवाहरुको सक्रियतामा निर्मित सामुदायिक भवनमा गाउँघरको छलफल र समूहगत बैठकहरु सञ्चालन हुने गरेको छ भने विभिन्न धार्मिक तथा साँस्कृतिक पर्वको अवसरमा कार्यक्रमहरु समेत सञ्चालन हुँदै आएको छ ।

SwadeshPost