प्रहरीद्वारा बरामद घरेलु मदिरा बनाउने कच्चा पदार्थ र तयारी मदिरा नष्ट

139
SwadeshPost

ईलाका प्रहरी कार्यालय माडीले बरामद गरेको घरेलु मदिरा बनाउने अखाद्य कच्चा पदार्थ र केहि लिटर घरेलु मदिरा प्रहरी कार्यालय परिसरमा नष्ट गरिएको छ । प्रहरीसंगै माडी नगरपालिका र ईलाका प्रशासन कार्यालय लगायतको रहोवरमा नष्ट गरिएको हो ।

प्रहरीले गत मंगलबार साँझ माडी न.पा.-२, भैरवपुरस्थित एक भट्टी घरबाट ४ ड्रम कच्चा पदार्थसहित १ बोरा भेली, दर्जनौं खाली बोत्तल र ५ लिटर तयारी घरेलु् मदिरा नियन्त्रणमा लिएको थियो । अन्य ठाउँहरुमा पनि यसैप्रकारको छड्के कारवाही जारी रहने प्रहरीले जनाएको छ ।

यसैबिच, ईलाका प्रहरी कार्यालय माडीले पूर्वी माडीको जनजीवन माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई सचेतनामूलक प्रशिक्षण दिएको छ । विद्यार्थीहरुलाई ट्राफिक चेतना, लागुऔषध र दुव्र्यसनी बिरुद्धको जागरण तथा युवा विद्यार्थीहरुको सामाजिक जिम्मेवारीका बिषयमा प्रशिक्षण दिइएको प्रहरी निरीक्षक हर्क बहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

SwadeshPost