दाङबाट विप्वलका दाई बिरजंगसहित नेकपाका २१ नेता कार्यकर्ता पक्राउ

196
SwadeshPost

दाङबाट गएराती प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’का २१ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ । नेपाल-भारत सीमा नजिकै, दाङको राजपुर गाउँपालिका वडा नंं ४ को मुग्रेटाखोलास्थित एक जंगलबाट उनीहरु पक्राउ परेका हुन् ।

साे स्थानमा ‘विप्लव’ समुहको बैठक भईरहेको सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले बिहीबार बिहान १ बजेतिर उनीहरुलाइ नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा ‘विप्लव’का मध्यपश्चिम कमाण्ड ईञ्चार्ज बिरजंग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो ईञ्चार्ज सुवास बाठा, युवा संगठनका केन्द्रीय अध्यक्ष ‘पाटन’लगायतका नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिईएको हाे । प्रहरी नियन्त्रणमा रहेका बिरजंग चन्द नेकपा महासचिव नेत्रबिक्रम चन्द ‘विप्वल’का दाई हुन् ।

सरकारले प्रतिबन्ध लगाएको सो पार्टीका नेता कार्यकर्ताहरूलाइ प्रहरीले पक्राउ जारी राखेको छ । तर यत्तिको संख्यामा एकैसाथ केन्द्रीय स्तरका नेताहरू पक्राउ परेको भने यो पहिलोपटक हो । पक्राउबारे यो समाचार प्रकाशित हुँदासम्म सो पार्टीले कुनै टिप्पणी गरेको छैन

SwadeshPost