अयोध्यापुरी क्षेत्रमा जारी मध्यवर्ती समूहको निर्वाचनमा अनपेक्षित नतीजा

132
SwadeshPost

अयोध्यापुरी क्षेत्रमा जारी चितवन राष्ट्रिय निकुञ्ज अन्तरगत मध्यवर्ती उपभोक्ता समितिको चुनावमा अनपेक्षित नतीजा आइरहेको छ ।

सो क्षेमा साँगठनिक दृष्टिकोणबाट बलियो मानिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका उम्मेदवारहरु पराजित भइरहँदा राजनैतिक संरचना कमजार रहेको मानिएको राप्रपाका उम्मेदवारहरुले जीत हासिल गरेका छन् । आज (विहीबार) सम्पन्न समूह स्तरको निर्वाचनमा काँग्रेस उम्मेदवार झलक पनेरुलाई पराजित गरी राप्रपाका वीरेन्द्र भण्डारी विजयी हुनुभएको छ । माडी नगरपालिका वडा नं. ८ को हिरा समूहको सचिव पदका लागि भएको निर्वाचनमा भण्डारी विजयी हुनुभएको हो । सो पदको निर्वाचनमा नेकपाबाट उम्मेदवारी परेको थिएन ।

यसअघि, मध्यवर्ती उपभोक्ता समिति मातहतकै गाउँ स्तरको चुनावमा नेकपा माडीका नेता नारदमणी पौडेललाई पराजित गरी राप्रपा उम्मेदवार राजमान गुरुङ विजयी हुनुभएको थियो । माडी नगरपालिका वडा नं. ९ को सुर्यमुखी समूहको चुनावमा २ मतको अन्तरबाट अनपेक्षित ढंगले पौडेलको पराजय भएको थियो । समूहको अध्यक्ष र सचिवमा निर्वाचित भएकाहरु मध्यवर्ती उपभोक्ता समितिको पदाधिकारी र सदस्यका लागि उम्मेदवार बन्न योग्य हुने प्रावधान रहेको छ ।

SwadeshPost