माडीका चेपाङ विद्यार्थीहरुलाई हार्टबिट संस्थाद्वारा न्यानो कपडा वितरित

40
SwadeshPost

माडी न.पा. ८, खरकट्टा र कान्तिपुरका चेपाङ विद्यार्थीहरुलाई न्यानो कपडा वितरण भएको छ ।

कुसुमखोलाबाट आई खरकट्टा र कान्तिपुर क्षेत्रमा बसोबास गरिरहेका घरपरिवारमा रहेका कुल ५३ जना बालबालिकाहरुलाई न्यानो लुगा वितरण गरिएको हो । नेपाल चेपाङ संघ जिल्ला समन्वय समिति चितवनको समन्वयमा काठमाडौंस्थित हार्टबिट नामको संस्थाले बालबालिकाहरुलाई स्वेटर वितरण गरेको हो ।

स्वेटर हस्तान्तरण कार्यक्रममा दातृसंस्थाका कार्यक्रम व्यवस्थापक जुजुकाजी महर्जन तथा संस्थामा कार्यरत स्वयम्सेवकहरुसंगै नेपाल चेपाङ संघका चितवन जिल्ला सदस्य छवि चेपाङको सहभागिता रहेको थियो । आर्थिक अवस्था कमजोर रहेका माडीका चेपाङ समुदाय खान लाउन र शिक्षादीक्षाका लागि खर्चको जोहो गर्न कठिन हुने अवस्थामा छन् ।

Mahindra