माडीको बसन्तपुरमा चौथौ दशैं तिहार नकआउट फुटबल प्रतियोगिता सुरुवात भएको छ ।
साइड नेपाल (क्लब)को आयोजनामा सञ्चालित सो प्रतियोगिताको माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले रेफ्रीलाई बल हस्तान्तरण गरी औपचारिक उद्घाटन गर्नुभएको हो । उद्घाटन लगत्तै बसन्तपुर युनाइटेड क्लब, बसन्तपुर र स्टार स्पोर्टस् क्लब, बरुवाको ए टोलीबिच उद्घाटन खेल सञ्चालन भएकोमा ३-० गोलअन्तरबाट बरुवा विजयी भएको छ । स्टार स्पोर्टस्का लागि २ गोल गर्न सफल खेलाडी सुरज हमाल म्यान अफ द म्याच घोषित हुनुभएको छ ।
अब भोलि कार्तिक २ गते दिउँसो १ बजे ध्रुवतारा युवा क्लब रामराज्यपुर र योङ्ग स्टार क्लब पौहारी भिँड्नेछन् भने दिउँसो ३ बजे स्टार स्पोर्टस् क्लबको बी टोली र ए.एफ.सी. अयोध्यापुरी भिँड्नेछन् । कुल १६ वटा टीमको सहभागिता रहेको सो प्रतियोगिताको प्रथम र दोश्रो पुरस्कार नगद क्रमशः रु १ लाख १ हजार १११ र ५१ हजार १११ का साथ शिल्ड मेडल र प्रमाणपत्र रहेको छ । प्रतियोगिताको आधिकारिक मिडिया स्वदेश एफ.एम. ९३.२ मेगाहर्ज रहेको छ ।