विद्यार्थीलाई हस्तलेखन सिकाउन निःशुल्क ट्याबलेट वितरित

152
SwadeshPost

पूर्व प्राथमिक तहका बालबालिकाहरुलाई हस्तलेखन सिकाउन माडीको एक नीजि विद्यालयले निःशुल्क एल.सि.डी. ट्याबलेट वितरण गरेको छ ।

माडीको बसन्तपुरस्थित पिसल्याण्ड इङ्गलिस स्कूलले सो विद्यालयमा कक्षा नर्सरी, एल.के.जी. र यु.के.जी. तहमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालयकै खर्चमा एल.सि.डी. ट्याबलेट वितरण गरेको हो । यस क्रममा करीब १०० वटा ट्याबलेट वितरण गरिएको विद्यालयका प्राचार्य माधव पोखरेलले जानकारी दिनुभयो ।

विद्यालयको दोश्रो त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशन, उत्तर पुस्तिका वितरण तथा शिक्षक र अभिभावकहरुबिच अन्तरक्रिया कार्यक्रम आयोजना गरी विद्यालयले ट्याबलेट वितरण गरेको हो । ट्याब वितरण पश्चात अभिभावकहरुलाई त्यसको उपयोगबारे प्रशिक्षित समेत गरिएको थियो । पूर्व प्राथमिक तहका बालबालिकाहरुलाई प्रविधिको प्रगोगमार्फत अक्षर ज्ञान दिलाउन ट्याबलेटहरु महत्वपूर्ण शैक्षिक सामग्री बन्ने विद्यालयको भनाई छ ।

SwadeshPost