दशैं तिहार कप फुटबलमा शनिवार ध्रुवतारा र स्टार स्पोर्टस् विजयी

321
SwadeshPost

माडीको बसन्तपुरमा जारी चौथौ दशैं तिहार नकआउट फुटबल प्रतियोगिताको दोश्रो दिन, आज भएका खेलहरुमा ध्रुवतारा युवा क्लब रामराज्यपुर र स्टार स्पोर्टस् क्लब विजयी भएका छन् ।

पहिलो खेल दिउँसो १ बजेपछि ध्रुवतारा युवा क्लब रामराज्यपुर र योङ्ग स्टार क्लब पौहारीबिच भएकोमा २-१ गोलअन्तरसहित ध्रुबतारा विजयी भएको हो । खेलको म्यान अफ द म्याच ध्रुवताराका राज भुसाल घोषित हुनुभयो ।

त्यस्तै दोश्रो खेल स्टार स्पोर्टस् क्लबको बी टोली र ए.एफ.सी. अयोध्यापुरीबिच भएकोमा ९-० को फराकिलो गोलअन्तर सहित स्टार स्पोर्टस् विजयी भएको छ । सो खेलमा स्टार स्पोर्टस्का लागि रुमेश बर्तौला र जमिर मियाले ह्याट्रिक गर्न सफल हुनुभयो । बर्तौलाले ४ तथा मियाँले ३ गोल गर्नुभएको हो भने संगम थापामगर र क्याप्टेन निरज गुरुङले १-१ गोल गर्नुभएको हो ।

अब भोलि कार्तिक ३ गते पहिलो खेलमा बिहान ११ बजे दियो क्लब, माडी र बि.यु्.एफ.सी. बिरञ्ची तथा दोश्रो खेलमा दिउँसो १ बजे जनआस्था युवा क्ल्ब बसन्तपुर र कल्याणपुर फुटबल क्लब (के.एफ.सी.) कल्याणपुर भिँड्नेछन् । भोलिको तेश्रो खेल भने दिउँसो ३ बजे रेवा युवा क्लब, धोबाहा र आयोजक साइड नेपाल बसन्तपुरबिच सञ्चालन हुनेछ ।

SwadeshPost