भरतपुरमा रहने गैरआवासीय गर्दीबासीको अध्यक्षमा देबेन्द्र प्रसाद पौडेल

392
SwadeshPost

साविकको गर्दी गा.वि.स.मा पर्ने माडी नगरपालिका वडा नं. १ र २ क्षेत्रबाट बसाइ सराई गरी हाल भरतपुरमा बसोबास गरिरहेका गैरआवासीय माडीबासीहरुको भेलाले तदर्थ समिति गठन गरेको छ ।

पूर्व शिक्षक एवं रेडक्रसकर्मी देबेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा गठित सो तदर्थ समितिका सदस्यहरुमा विश्वमित्र श्रेष्ठ, शालिग्राम पौडेल, युवराज पौडेल, शान्ति मल्ल, कृष्ण प्रसाद पौडेल, भुवानी प्रसाद अधिकारी, नेत्र प्रसाद आचार्य, रबिन्द्र सिंह ठकुरी, सोमराज तिमिल्सिना, टिकाराम दवाडी, मुना थापा र देवी प्रसाद दवाडी रहनु भएको छ । नियमित भेटघाटको माध्यमबाट माडीको विकासमा योगदानका लागि सो तदर्थ समिति गठन भएको अध्यक्ष पौडेलको भनाई छ ।

साविक गर्दी गा.वि.स.बासीहरुको सो तदर्थ समितिलाई सम्बन्धित सरकारी निकायमा दर्ता प्रयोजनका लागि विश्वमित्र श्रेष्ठको संयोजकत्वमा शालिग्राम पौडेल र रबिन्द्र सिह ठकुरी सदस्य रहनु भएको बिधान मस्यौदा उप समिति समेत गठन भएको जनाइएको छ । माडीभरबाट भरतपुरमा बसाई सरेका गैरआवासीय माडीबासीहरु माडी भरतपुर सम्पर्क मञ्च नामको छुट्टै संस्थामा समेत संगठित रहेका छन् ।

SwadeshPost