माडीभर २२८ कृषकद्वारा १०६ बिगाहामा गरिमा जातको भनिएको धान खेती

634
SwadeshPost

माडीभर २२८ जना कृषकहरुले कुल १०६ बिगाहा जमीनमा गरिमा जातको भनिएको हाइब्रिड धान खेती गरेको देखिएको छ ।

राष्ट्रिय बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख, राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका बैज्ञानिक, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख र भरतपुर महानगरपालिका तथा माडी नगरपालिकाका कृषि शाखा प्रमुखद्वय सम्मिलित टोलीले माडीभर लगाइएको गरिमा जातको भनिएको धानखेतीको अनुगमन गरी सो तथ्यांक सार्वजनिक गरेको हो ।

माडीबाहिर चितवनको राप्ती नगरपालिकामा ३७८ बिगाहा, खैरहनीमा १६८ बिगाहा ४ कट्ठा, रत्ननगरमा १३५ बिघा, भरतपुर महानगरपालिकामा ८५ बिघा र कालिका नगरपालिकामा ३० बिघा ५ कठ्ठामा गरिमा जातको भनिएको धान रोपिएको तथ्याङ्क छ । सो धानमा समयमै बाला नलागेपछि किसानहरुले भोगेको क्षतिको मुल्याङ्कन गर्न गठित सरकारी टोलीले फिल्ड अनुगमन गरेको हो । संकलित विवरण अनुसार किसानहरुलाई राहत दिइने कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालको भनाई छ ।

SwadeshPost