लिखित प्रतिबद्धता नआए काठमाडौंमै रिले अनसन वा धर्नामा बस्ने प्रतिनिधीमण्डलको चेतावनी

325
SwadeshPost

राजधानीमा डेलिगेशन र भेटवार्तामा सरिक माडी नगरपालिकाको प्रतिनिधीमण्डलले सरकारबाट लिखित प्रतिबद्धता नआए काठमाडौंमै रिले अनसन वा धर्नामा बस्ने चेतावनी दिएको छ ।

स्वदेश एफ.एम.संग कुराकानी गर्दै माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले प्रधानमन्त्री के.पी. ओली तथा पुर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौखिक रुपमा व्यक्त गर्नुभएको प्रतिबद्धता लिखितम् स्वरुपमा अनाए दबाबस्वरुप राजधानीमै रिले अनसन वा धर्ना वा दवावमुलक कार्यक्रम सुरू गरिने जनाउनुभएको हो । आमरण अनसन स्थगन गरी छलफलका लागि काठमाडौं आउन आग्रह गर्नुभएका प्रधानमन्त्री तथा पार्टी अध्यक्षद्वयले लगातार मिहिनेत गरिरहेको देखिएपनि हालसम्म लिखित रुपमा ठोस निर्देशन आइनसकेको भन्दै उहाँले यसपटक खाली हात माडी नफर्किने अडान व्यक्त गर्नुभयो ।

यसैबिच, प्रतिनिधीमण्डलले आज बुधबार पनि भेटघाटलाई निरन्तरता दिएको छ । बिहान शिक्षामन्त्री गिरिराजमणी पोखरेलसंग भेटघाट गरेको सो समूहले पुनः पार्टी अध्यक्ष प्रचण्डसंग भेटवार्ता गर्न लागेको छ । यसअघि मंगलबार वन मन्त्रालय अन्तरगत निकुञ्ज विभागमा प्रमुख गोपाल भट्टराई लगायतका उच्च अधिकारीहरुसंग सकारात्मक नतिजासहितको भेटवार्ता गरिएको टालीमा सहभागी नेकपा माडी नगर कमिटि सचिव नारदमणी पौडेलले जानकारी दिनुभयो ।

SwadeshPost