बगहीँस्थित कोरोना चेक प्वाइन्टले भारतीय नागरिकहरु फिर्ता पठाउँदै

274
SwadeshPost

माडीको बगहीँमा स्थापित कोरोना परीक्षण चेक प्वाइन्टले सडक मार्गबाट आएका भारतीय नागरिकहरु फिर्ता पठाउन थालेको छ ।

बिहीबार ठोरी नाका हुँदै सार्वजनिक बसमार्फत माडी प्रवेश गर्न आएका २० जना भारतीय नागरिकहरुलाई चेक प्वाइन्टका सुरक्षाकर्मीहरुले ठोरी जाँदै गरेको बसमार्फत फिर्ता गरिदिएका हुन् । भारतबाट आउने सबैलाई फिर्ता गर्न सुरु गरेको सो चेक प्वाइन्टदे दैनिक २०० देखि २५० जना बस यात्रीहरुको स्वास्थ्य परीक्षण गरिहरको छ । चेक प्वाइन्टमा हाइग्रेड टेम्परेचर गन र व्यक्तिगत सुरक्षा पोशाकसहित स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको टोली खटिएको छ ।

उता, सीमावर्ती ठोरी क्षेत्रमा समेत चेकप्वाइन्ट स्थापना गरिएको र यात्रुहरुको स्वास्थ्य परीक्षण गर्ने गरिएको ठोरी गाउँपालिकाले जनाएको छ । चेक प्वाइन्टबाटै भारतीय नागरिकहरुलाई फिर्ता पठाउन थालिएको ठोरी १ का वडाध्यक्ष रामप्रकाश कुँवरले स्वदेशलाई जनाउनुभयो । छिमेकी राष्ट्र भारतमा कोभिड १९ को संक्रमण बढेको र जनता कफ्र्यु घोषणा भएको सन्दर्भमा रोजगारी वा अन्य प्रयोजनका लागि ठोरी नाका हुँदै नेपाल प्रवेश गर्न चाहनेहरुको संख्या बढिरहेको छ ।

SwadeshPost