कृषि सेवा केन्द्र माडीको भवनमा तीन बेड सहितको आइसोलेशन वार्ड

407
SwadeshPost

माडीको बसन्तपुरस्थित कृषि सेवा केन्द्रको भवनमा तीनवटा बेड सहितको अस्थायी आइसोलेशन वार्ड बनाईएको छ । माडी नगरपालिका जनस्वास्थ्य शाखा र बघौंडा अस्पतालले हाल कुनै उपयोगमा नरहेको कृषि सेवा केन्द्रको भवनमा अस्थायी आइसोलेशन वार्ड स्थापना गरेको हो ।

त्यसैगरी बघौंडा अस्पतालको गेटबाहिर ‘फिभर हेल्थ डेस्क क्लिनिक’ स्थापना गर्न लागिएको छ । ज्वरो आएका तथा रुघाखोकी जस्ता लक्षण देखिएको बिरामीहरुलाई फरक स्थानमा स्वास्थ्य जाँचका लागि आइतबारदेखि अस्पतालको गेटबाहिर छुट्टै डेस्क स्थापना हुन लागेको अस्पतालका सुचना अधिकारी टेकमणी महतोले स्वदेशलाई जानकारी दिनुभयो । डेस्कसंगै ह्याण्ड स्यानिटाइजर सहित साबुनपानीले हात धुने व्यवस्था गरिने र हात धोएपछि मात्रै हस्पिटलको टिकट लिने व्यवस्था समेत गर्न लागिएको महतोले जनाउनुभयो ।

यसैबिच, कोभिड १९ को प्रकोप जुनसुकै समयमा पनि फैलिनसक्ने अवस्था रहेको सन्दर्भमा माडी नगरपालिकासंगै कतिपय कार्यालयहरुलेले हात धोएरमात्रै भित्र जाने व्यवस्था गरेका छन् । साबुन पानीले राम्ररी हात धोएर मात्रै कर्मचारी र सेवाग्राहीहरु कार्यालयभित्र प्रवेश गर्न अनुरोध गरिएको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जनाउनुभयो ।

SwadeshPost