माडी (स्थानीय) खबर पोष्ट

मुम्बईमा रहेका १२ जना घर फर्की माडी आइपुगे, होम क्वारेन्टाइनमा बस्ने

रोजगारीका लागि भारत मुम्बईस्थित तारापुरमा प्रवासमा रहेका १२ जना घर फिर्तीस्वरुप माडी आइपुगेका छन् । माडी नगरपालिका वडा नं. ६, स्याउलीबासमा स्थायी बसोबास रहेको उनीहरु पैदल यात्रा गरी बगहीँ आइपुगेका छन् ।

पुरै देशभर लकडाउन रहेको समयमा ठोरीको बाटो हुँदै उनीहरु माडीको पूर्वी प्रवेशस्थल बगहीँ आइपुगेका हुन् । बगहीँस्थित कोरोना चेक प्वाइन्टले उनीहरुको स्वास्थ्य परीक्षण गरेकोमा कुनै स्वास्थ्य समस्या भने नदेखिएको बताएको छ । आफूहरुले ४ दिनदेखि केहि खान नपाएको उनीहरुको भनाई थियो । घर फर्किएका सबै १२ जनालाई परिवारको जिम्मा लगाई होम क्वारेन्टाइनमा राख्न लागिएको छ । यसअघि सोही बाटोहुँदै माडीका २२ जना आएकोमा १ दिन क्वारेन्टाइनमा राखिएका थिए र पछि होम क्वारेन्टाइनमा पठाइएको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार