लकडाउनको उल्लंघन गर्ने सवारी साधन माडी प्रहरीको नियन्त्रणमा

301
SwadeshPost

लकडाउनको उल्लंघन गरी सवारी साधन चलाएका १६ वटा मोटरसाइकल, २ वटा तीनपाङ्ग्रे अटो, १ वटा टेक्टर र १ वटा बोलेर पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

अत्यावश्यक बाहेक बिना काम सडकमा सवारी गुडाउने, हिडडुल गर्ने र सार्बजनिक स्थलमा निस्कनेहरुलाई कारबाही गर्ने सिलसिलामा सो सवारीहरु नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यलय माडीका प्रमुख हर्क विश्वकर्माले जानकारी दिनुभयो ।

यसैबिच, आजको लकडाउन हिँजोभन्दा कडा पारिएको छ । नेपाल प्रहरीसंगै सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली चोकचोकमा रही लकडाउन गराइरहेको हो । राती समेत संयुक्त गस्ती गरिने सुरक्षा संयन्त्रको तयारी छ ।

SwadeshPost