लकडाउनको उल्लंघन गरी माडीका भित्री गाउँहरुमा मोटरसाइकल गुड्दै

183
SwadeshPost

चितवन । माडीको मुख्य सडकमा सुरक्षाकर्मीहरुको उपस्थिति बढेसंगै लकडाउनको उल्लंघन गरी भित्री गाउँहरुमा मोटरसाइकलहरु गुड्न थालेका छन् ।

मुख्य सडकमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोली परिचालित भइरहेपनि भित्री बाटोहरुमा सुरक्षा गस्ती नहुँदा लकडाउन उल्लंघन भइरहेको सुचना आइरहेको हो । अत्यावश्यक बाहेक बिना काम सडकमा सवारी गुडाउने, हिडडुल गर्ने र सार्बजनिक स्थलमा निस्कनेहरुलाई कारबाहीको सिलसिला भने जारी रहेको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख हर्क विश्वकर्माले जानकारी दिनुभयो ।

यसैबिच, माडीमा होम क्वारेन्टाइनमा रहेकाहरुको अनुगमन सहित स्वास्थ्य परीक्षण कार्य आज पनि जारी रहेको छ । नगरप्रमुख ठाकुर प्रसाद ढकाल नेतृत्वको माडी नगरस्तरीय कोरोना रोकथाम समन्वय समितिका सदस्य र स्वास्थ्यकर्मीहरुको टोलीले आज बाँदरझुला क्षेत्रमा अनुगमन र स्वास्थ्य परीक्षण गरिरहेको छ ।

SwadeshPost