यशुको प्रार्थना गरे कोरोना हट्छ भनी भ्रम फिँजाउने एक महिला पक्राउ

276
SwadeshPost

यशुको नाममा प्रार्थना गरे कोरोना भाइरस हट्छ भनी भ्रम फिँजाउने एक महिलालाई माडी प्रहरीले नियन्त्रणमा लिई जिल्ला चलान गरेको छ ।

माडी नगरपालिका वडा नं. ७, जगन्नाथपुरीबाट उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख हर्क विश्वकर्माले जानकारी दिनुभयो । यसबाहेक लकडाउनको चौथो दिन आज बिना काम लकडाउनको उल्लंघन हुनेगरी सवारी चलाएका ४ वटा मोटरसाइकलहरु पनि नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो । अबका दिनमा लकडाउन उल्लंघन गर्नेलाई सिधै ‘भाटे कारवाही’ गर्ने आदेश जारी भएको पनि उहाँको भनाई छ ।

SwadeshPost