माडीको पाण्डवनगरस्थित एक घरमा आगलागी, घर जलेर पूर्ण क्षतीग्रस्त

319
SwadeshPost

माडीको पाण्डवनगर गाउँमा रहेको एक घरमा आगलागी भएको छ । माडी नगरपालिका वडा नं. १, पाण्डवनगर निवासी रतिया बोटको घरमा आगलागी भएको हो ।

आगलागीबाट बोटको घरमा रहेका अन्न अनाज, लत्ताकपडा, कागजपत्र लगायत सबै चिजबिज जलेर नष्ट भएका छन् भने घर पूर्ण क्षतीग्रस्त भएको छ । खरको छानो भएको सो काठेघरभित्र चुल्होको आगो केटीकेटीहरुले खेलाउँदा आगलागी सुरु भएको जनाइएको छ । आगलागी अरु घरमा फैलन नपाउँदै स्थानीयहरुको सामुहिक प्रयासमा आगो नियन्त्रणमा आएको थियो ।

यसैबिच, खोलामा माछा मारी दैनिक गुजारा गर्दै आएको बिपन्न बोट परिवार आगलागीका कारण बेघर भएसंगै रेडक्रस गर्दी उपशाखासंग समन्वय गरी खाद्यान्न, भाँडाकुँडा, त्रिपाल आदि वितरण गर्न लागिएको आगलागीस्थलबाट वडाध्यक्ष कृष्ण प्रसाद पौडेलले जनाउनुभयो ।

SwadeshPost