लकडाउनका कारण ईंटाभट्टामा काम गर्ने माडीपका मजदुरहरु समस्यामा

386
SwadeshPost

माडीको बाँदरझुला र पर्साको ठोरीबाट ईंटाभट्टामा कामका लागि धादिङमा रहेका २९ जना मजदुरहरु लकडाउनका कारण समस्यामा परेका छन् ।

ठोरीका ८ जनासहित बाँदरझुलाबाट धादिङको धार्केमा रहेका उनीहरु लकडाउन खुल्ने आशामा ईंटा भट्टामै रहेकोमा लकडाउन थपिँदै र कडाई हुँदै गएसंगै बिचल्लीमा परेका हुन् । दैनिक ज्यालादारीमा काम गरिआएका उनीहरु विगत दुई सातादेखि काम बन्द भएसंगै हातमुख जोर्न समेत समस्या भई भोकभोकै रहनुपरेको बाँदरझुलाका युवा अगुवा मोहन स्याङतानले जानकारी दिनुभयो ।

मजदुरहरुको उद्धारका लागि तत्कालै पहल गरिदिन वडा नं. ९ कार्यालयलाई आह्वान गरिएको पनि स्याङतानको भनाई छ । यस बिषयमा ढीलोगरी सुचना प्राप्त भएको र सुचना पाएलगत्तै सम्बन्धित निकायहरुसंग समन्वय सुरु गरिसकिएको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जनाउनुभयो ।

SwadeshPost