बिक्रमबाबाको पूजा यसबर्ष निरन्तरताका निम्ति क्षमापूजाका रुपमा सम्पन्न

518
SwadeshPost

चैतेदशैंको अवसरमा हरेक बर्ष हुँदै आएको बिक्रमबाबाको पूजा यसबर्ष निरन्तरताका निम्ति क्षमापूजाका रुपमा सम्पन्न भएको छ ।

परम्परागतरुपमा चलिआएको बिधिअनुरुप बिक्रमबाबामा पकडीका थारु गुरौ ठगाई महतोले पूजा गरी समाज, कुल, वंश र सम्पूर्ण मानव जातिको रक्षा तथा महामारी रोग नियन्त्रणको कामना गर्नुभयो । पूजामा गुरौसंगै चितवनका थारु अगुवाहरुको प्रतिनिधीमुलक सहभागिता रहेको थियो ।

चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको बिक्रमबाबा शक्तिपीठमा विगतका बर्षहरुमा पूजासंगै ठूलो मेला लाग्ने गरेकोमा यसबर्ष कोरानाका कारण मेला भने स्थगित रह्यो । पहिले आदिबासी थारु समुदायले मात्रै पुजा गर्ने बिक्रमबाबा पछिल्लो समयमा अधिकांशको आस्थाको केन्द्रबिन्दु बनेका छन् । यता, माडीको सोमेश्वर र गोद्धक क्षेत्रमा समेत यसबर्ष मेला एवं पूजाआजा हुन सकेन ।

SwadeshPost