माडीका दुई युवाहरुद्वारा बिरामीलाई निःशुल्क गाडी उपलब्ध गराउन सुरू

179
SwadeshPost

माडीका दुई युवाहरुले बन्दाबन्दी (लकडाउन)को समयमा कोहि बिरामी भई अस्पताल जानुपर्ने भएमा आफ्नो गाडी निःशुल्क उपलब्ध गराउन सुरु गरेका छन् ।

बरुवा बजारमा एस.के. मोटर्स नामको व्यवसायिक कम्पनी सञ्चालन गरिरहनुभएका संजय महतो तथा पेशाले व्यवसायिक इञ्जिनीयर दिपक भण्डारीले आफ्ना नीजि सवारी साधनमा बिरामीहरुलाई अस्पतालसम्म लैजाने र ल्याउने सेवा दिन सुरु गर्नुभएको हो । बंदेलको आक्रमणमा परी घाइतेलाई सोमबार अस्पताल लगेर यो सेवा सुरु गरिएको महतोले स्वदेशलाई जनाउनुभयो ।

कोरोनाको संक्रमण नियन्त्रणका लागि लकडाउन जारी रहेको र लम्बिने निश्चितप्रायः रहेको सन्दर्भमा एम्बुलेन्स नपाएका वा एम्बुलेन्सकै खर्च पनि तिर्न नसक्ने बिरामीहरुलाई माडीकै वा रेफर भएको भरतपुरस्थित स्वास्थ्य संस्थासम्म लैैजाने ल्याउने सेवा सुरु गरेका दुबैजनाको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ । यो संगै अन्य युवाहरुले पनि आवश्यक परे गाडी उपलब्ध गराउने तत्परता देखाउन थालेका छन् ।

SwadeshPost