गड्डाचौकी नाका हुँदै माडी घर आइपुगेका युवाको कोरोना रिपोर्ट नेगेटिभ

286
SwadeshPost

पश्चिमी नेपालको गड्डाचौकी नाका हुँदै नेपाल प्रवेश गरी माडी घर आइपुगेका एक १९ बर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

सो नाका हुँदै नेपाल भित्रीएका एकजनामा कोरोना संक्रमण पुष्टी भएसंगै ती संक्रमित युवासहितको करीब १००० जनाको भीडमै नेपाल भित्रीएका माडीका एक युवालाई उच्च निगरानीमा राखिएको थियो । उनलाई (नाम ठेगाना गोप्य) सुरक्षित तवरबाट भरतपुर लगी स्वाब परीक्षण गरिएकोमा मंगलबार नेगेटिभ रिपोर्ट आएको माडीका जनस्वास्थ्य संयोजक जीवन श्रेष्ठले जनाउनुभयो ।

माडी आएसंगै उनी होम क्वारेन्टाइनमा राखिएका थिए । नियमित स्वास्थ्य परीक्षणका क्रममा समेत उनमा कुनै स्वास्थ्य समस्या देखिएको थिएन । तर उनीसंगै स्वदेश फर्किएका कैलालीका युवामा कोरोनाको संक्रमण पुष्टी भएसंगै माडीको स्वास्थ्य टोलीमा खलबली मच्चिएको थियो ।

SwadeshPost