क्वारेन्टाइनमा बस्नेगरी नेपालभित्रै अलपत्र परिरहेका माडीबासीहरू माडी भित्रिन पाउने

158
SwadeshPost

नेपालभित्रै कहिँकतै कोहि माडीबासी अलपत्र परिरहेको भए माडी क्याम्पस भवनमा अनिवार्य क्वारेन्टाइनमा बस्नेगरी माडी भित्रिन दिइने भएको छ ।

माडी नगरस्तरीय कोरोना समन्वय समितिसंगै माडीका जनप्रतिनिधी र सरोकारवालाहरुको संयुक्त बैठकले धादिङ लगायतका स्थानमा केहि माडीबासी अलपत्र परिरहेको सन्दर्भमा अनिवार्य १७ दिने क्वारेन्टाइन बस्ने सर्तमा माडी ल्याउने सहमती गरेको हो । त्यसैगरी बैठकले जारी लकडाउन झनै कडा बनाउने र भोटर लिस्टका आधारमा नभई आवश्यकताका आधारमा नेपाली र यहाँ आश्रयरत अन्यलाई पनि राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

त्यसैगरी बाँदरझुला, प्याउली, बैकुण्ठे सिरान लगायतका क्षेत्रहरुबाट अनाधिकृत रुपमा नेपाल प्रवेश भइरहेको सुचना आइरहेकाले त्यसको नियन्त्रणका लागि सेना, सशस्त्र र जनपद प्रहरीको संयुक्त गस्ती परिचालन गर्ने समेत निर्णय भएको छ । लकडाउन जारी रहेकै अवस्थामा पनि कुसुमखोलाबाट आई बसेका चेपाङ समुदायको घर निर्माणमा सहजिकरण गर्ने र बिरामी बोक्न नीजि गाडी उपलब्ध गराउने घोषणा गरेका सहयोगीहरुलाई स्वास्थ्य संस्थामा गाडी राख्न लगाउने पनि निर्णय गरिएको हो ।

SwadeshPost