लकडाउनको समयमा पिसल्याण्ड अंग्रेजी विद्यालयले अनलाइनमार्फत शिक्षण गर्दै

524
SwadeshPost

लकडाउनका कारण विद्यालयहरु बन्द रहेको अवस्थामा माडीको बसन्तपुरस्थित पिसल्याण्ड अंग्रेजी विद्यालयले अनलाइनमार्फत शिक्षणको अभ्यास थालेको छ ।

कक्षा ९ को परीक्षामा सहभागी भई नयाँ शैक्षिक बर्षमा कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीहरुलाई सामाजिक सञ्जालमा समूह बनाई अडियो र फोटोको माध्यमबाट शिक्षण सुरु गरिएको विद्यालयका प्राचार्य माधव पोखरेलले जनाउनुभयो । परिस्थितिवश परीक्षणका रुपमा सुरु भएको यस कार्यमा कुल ५७ जना विद्यार्थीहरुमध्ये अनलाइन माध्यमबाट ४७ जना विद्यार्थीहरु सहभागी हुन सकेको उहाँको भनाई छ ।

सामाजिक सञ्जालको समूहमा लिखित नोट र अडियो एक्सप्लानेशन दिएर अभ्यास गर्न लगाइएको तथा विद्यार्थीहरुले तयार गरेको गृहकार्य फोटोको माध्यमबाट पठाउने गरिरहेको प्राचार्य पोखरेलले बताउनुभयो । हाल अंग्रेजी, गणित र बिज्ञान बिषयमा परीक्षणका रुपमा यस प्रकारको आलाइन शिक्षण अभ्यास जारी रहेको विद्यालयले जनाएको हो ।

SwadeshPost