लकडाउनका कारण रोकिएको माडीको हुलाकी सडक कालोपत्रे गर्ने कार्य बैशाख ४ गतेबाट

37
SwadeshPost

लकडाउनका कारण रोकिएको माडीको हुलाकी सडक कालोपत्रे गर्ने कार्य बैशाख ४ गतेबाट सुचारु हुने भएको छ ।

लकडाउन थप हुँदै जाने अवस्था देखा परेसंगै माडी नगरपालिकाले सडक कालोपत्रेको ठेकदार पक्षलाई काम सुचारु गर्न आग्रह गरेकोमा कालोपत्रे कार्य सुरु गर्न निर्माण पक्ष तयार भएको हो । स्वदेश एफ.एम.संग कुराकानी गर्दै माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले बढीमा चार पाँचजना प्राविधिकहरुले भीडभाड नहुने गरी सुरक्षित तवरबाट बाटो कालोपत्रेको बाँकी कामहरु अगाडि बढाउनेगरी ठेकदार पक्ष आशिष निर्माण सेवा तयार भएको जानकारी दिनुभयो ।

बनकट्टादेखि देबेन्द्रपुरसम्मको १५.२ किलोमिटर बाटो कालोपत्रेका लागि सबबेस र बेस निर्माण कार्य जारी रहँदा लकडाउन लागु भएसंगै गत चैत दोश्रो साताबाट निर्माणकार्य बन्द रहेको छ । निर्माण मजदुर एवं प्राविधिकहरु घरभित्रै रहनुपर्ने अवस्थाका कारण सडकमा काम गर्न नसकिन भन्दै ठेकदार पक्षले निर्माण साधनहरु थन्काएर काम रोकेको थियो । बाटो कालोपत्रे गर्न दोश्रोपटक थपिएको समयसीमा आउदो जेष्ठ मसान्तमा सकिँदैछ ।

Mahindra