माडी नगर क्षेत्रमा क्वारेन्टाइनमा बसेका सबैजनाको कोरोना -यापिड टेस्ट गरिँदै

371
SwadeshPost

माडी नगर क्षेत्रमा क्वारेन्टाइनमा बसेका सबैजनाको कोरोना -यापिड टेस्ट गरिन लागेको छ । मंगलबारबाट सुरु हुन लागेको -यापिड टेस्टका लागि आवश्यक किट माडी आइपुगेको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जनाउनुभयो ।

माडी उपत्यकामा हाल ९४ जना होम क्वारेन्टाइन र ११ जना भारतीयहरुुसहत १४ जना माडी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमा बसेका ९१ जनाले १४ दिनको अवधी पुरा गरिसकेका छन् । यीमध्ये होम क्वारेन्टाइनमा रहेका २ जनामा ज्वरो आएसंगै कोरोना परीक्षण गरिएकोमा कोभिड १९ नेगेटिभ अर्थात कोरोनाको संक्रमण नरहेको रिपोर्ट आएको थियो ।

यसैबिच माडीसंग जोडिएका भारतीय सीमाक्षेत्र सिल हुने भएको छ । नगरस्तरीय कोरोना नियन्त्रण संयन्त्रको बैठकले बोर्डर लाइन सिल गर्ने निर्णय गरेको हो । भारतबाहेक अन्य ठाउँहरुबाट कोहि माडी आएमा भने अनिवार्य क्वारेन्टाइनमा बस्नैपर्ने व्यवस्था लागु रहेको छ ।

SwadeshPost